
आधिकारिक रूपमा टाटा समूहले किन्यो एयर इण्डिया

भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई आधिकारिकरूपमा आफ्नो स्वामित्वमा ल्याएको छ । आज भएको सम्झौताअनुसार टाटा समूहले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो ।
भारत सरकारलाई निरन्तर घाटा भइरहेको एयर इण्डिया टाटा समूहले लगेपछि केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्योतिरादियत्य सिंधियाले नियम प्रक्रिया पुरा गरेर स्वामित्व हस्तान्तरण भएको बताएका छन् । उनले ट्वीटरमा उल्लेख गरेका छन, ‘एयर इण्डिया बेच्ने प्रक्रिया नियमसंगत तरिकाबाट पुरा गरिएको छ ।’
यसअघि, सन् २०२१ मा टाटा समूहले एयर इण्डियाको लिलामी जितेको थियो । २०२१ को अक्टोबरमा भएको लिलामीमा टाटा समूहको टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको थियो । सोही, बोलीसँगै अधिग्रहण प्रक्रिया अगाडी बढाइएको थियो ।
उक्त समयमा टाटा समूहका रतन टाटाले एयर इण्डिया घर फर्किएको भनेर स्वागत गरेको थियो । एयर इण्डियाको स्थापना टाटा समूहले नै गरेको थियो । स्थापना कालमा टाटा एयरलाइन्स नामाकरण गरिएको कम्पनीको नाम कालान्तरमा भारत सरकारले लिएपछि एयर इण्डिया राखिएको थियो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ