साढे ८८ हजार सङ्क्रमित घरमै !
कोरोनाभाइरसको तेस्रो लहर सुरु भए यता देशभर सङ्क्रमितको सङ्ख्या बढ्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल ८८ हजार ६४२ जना सङ्क्रमित घरमै आइसोलेसनमा बसिरहेका छन् । दोस्रो लहरको तुलनामा यसपटक अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या कम रहेको मन्त्रालयले जनाएको छ ।
बिहीबारसम्म १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा, २५७ जना आईसीयू तथा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमतीमा ६१ हजार ७४ जना होम आइसोलेसन, १ हजार १०१ जना जना संस्थागत आइसोलेसनमा, १८९ जना आईसीयूमा तथा ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको कोरोना परीक्षण गर्दा ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ५ हजार ८१६ तथा एन्टिजेन विधिबाट २ हजार २०१ जनामा सङ्क्रमण पुष्टि भएको हो । थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँ जिल्लामा २ हजार ४०२ जना रहेका छन् । त्यस्तै, ललितपुरमा ५२१, भक्तपुरमा २२०, मोरङमा २८१, सुनसरीमा १५८, चितवनमा १२७, कास्कीमा ३९३, रुपन्देहीमा १४३ र कैलालीमा १८४ जना रहेका छन् । हाल काठमाडौँ जिल्लामा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० तथा भक्तपुरमा ५ हजार ६१४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

५ सयभन्दा माथि उपचारार्थ सङ्क्रमितहरू भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ६८७ जनाले ज्यान गुमाइसकेका छन् । यही अवधिमा थप ५ हजार २९२ जना निको पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ३७ हजार ४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ८९.१ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण