२४ घण्टामा ५ हजार बढी निको भए, साढे ५ लाख बढीले खोप लगाए
पछिल्लो २४ घण्टामा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना निको भएको जानकारी दिएको हो । यस्तै सोही अवधिमा ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार कुल तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण