४० क्विन्टल जडिबुटीसहित २ जना पक्राउ
बिहीबार, १३ माघ २०७८, १६ : ०६
जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बझाइएको छ। ’ पातारासी गाउँपालिका-७ का टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाइरहेको अवस्थामा जडिबुटी नियन्त्रणमा लगिएको हो।
संकलन पुर्जी तथा छुट पुर्जीविना लैजाँदै गरेको ४० क्विन्टल सेतक चिनी जडिबुटी प्रहरीले कब्जा गरेको हो। चालकसहित दुबै ट्याक्टरलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का