मन्त्री रेणु यादवविरुद्ध प्रहरी कार्यालयमा उजुरी
साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् ।
यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गरेका छन् ।
यसअघि नै विज्ञप्ति निकालेर मन्त्री यादवले आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताएकी थिइन् । आफ्नो अभिव्यक्तिलाई बङ्ग्याइएको उनले दाबी गरेकी थिइन् । तर, चौतर्फी उनको अभिव्यक्तिको विरोध भइरहेका बेला नेता कर्णले उजुरी दिएका हुन् ।
यसअघि बिहीबार कांग्रेसका तत्कालीन संविधान सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएर मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण