
शक्ति गौचनले अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने

पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले बुवाको सम्झनामा अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन् । गौचनको स्वामित्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा शक्तिका बुवा खड्ग प्रसादको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो ।
आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा शक्तिले चौथो संस्करणका रुपमा फागुन १ देखि १३ गतेसम्म हुने प्रक्रियागत गर्ने बताएका छन् । उक्त प्रतियोगितामा मुलुकभरका १० क्रिकेट एकेडेमीहरु सभागी हुने छन् ।
उनले तल्लो तहबाटै राम्रो र दक्ष खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले बुवाको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाइ छ । प्रतियोगितामा विजयी टीमले नगद २० हजार र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, उपविजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने छ । अहिलेसम्म प्रतियोगितामा स्टार क्रिकेट एकेडेमीसहित धनगढी, साई ग्लोबल, देउखुरी, विराटनगर, ओषिस, पोखरा, काशी नोबल एकेडेमी र न्यु होरोइजन स्पोर्टस् क्लबको सहभागिता रहने तय भएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ