शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी ऐश्वर्या र धनुषको विवाह बचाउने कोसिसमा लागे रजनीकान्त

बिहीबार, १३ माघ २०७८, १६ : ००
बिहीबार, १३ माघ २०७८

साउथका चर्चित जोडी रहेका धनुष र ऐश्वर्या रजनीकान्तले १७ जनवरी सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको १८ वर्षपछि सम्बन्ध टुट्दा प्रशंसकबाहेक ऐश्वर्याका पिता रजनीकान्त पनि तनावमा छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार रजनीकान्त छोरी ऐश्वर्याको यो निर्णयले निकै रिसाएका थिए र अब उनी दुईबीच सहमति बनाउन चाहन्छन् । 

ऐश्वर्यालाई सम्झाइरहेका छन् रजनीकान्तः

भास्करले स्रोतलाई हवाला दिँदै रजनीकान्तमाथि छोरीको सम्बन्धविच्छेदको नकारात्मक असर परेको बताएको छ । स्रोतका अनुसार उनी लगातार ऐश्वर्यालाई सम्बन्ध तोड्नु त केही दिनको मात्रै त कुरा हो नि भनेर सम्झाइरहेका छन् । रजनीकान्त छोरी र ज्वाईं मिलेर बसेको हेर्न चाहन्छन् । 

रजनीकान्तसँग भेट्न चाहँदैनन् धनुष ?

खबरका अनुसार रजनीकान्त यो सम्बन्धविच्छेदलाई रोक्नका लागि धनुषलाई भेट्न चाहन्थे तर धनुष रजनीकान्तसँग भेट्नुपर्ला भनेर घरनै आएका छन् । धनुष रजनीकान्तको इज्जत गर्छन् र उनको कुरा काट्न चाहँदैनन् त्यसैले उनी यो कुराबाट पन्छिरहेका छन् । 

धनुषका पिता पनि सम्बन्धविच्छेदको विरोधमा छन्ः

सम्बन्धविच्छेदको खबर सार्वजनिक भएपछि धनुषका पिता कस्तुरी राजाले एक अन्तरवार्ताका बेला यो सम्बन्धविच्छेदलाई पारिवारिक झगडा मात्रै बताएका छन् । उनले भने, ‘यो परिवार बीचको झगडा हो जुन एक विवाहित जोडीबीच भइरहन्छ ।’

धनुष र ऐश्वर्या दुबैको परिवारले यी दुईले सम्बन्धविच्छेदको खबरमा पुनः विचार गरुन् भन्ने चाहन्छन् । सम्बन्धविच्छेदपछि पनि यो जोडी हैदराबादको एउटा होटलमा सँगै बसेका थिए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप