सेयर बजारमा सामान्य सुधार, चार दिनपछि घट्ने क्रम रोकियो

आज साताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिमसम्म बढ्ने घट्ने क्रम तीव्र बन्यो ।
आज दुई पटक उकालो लाग्दै परिसूचक २८ सय अंकभन्दा माथि पुगेको थियो । तर, दुई पटक नै घट्दै फेरी अन्तिम समय सम्ममा ३ अंकको सामान्य सुधार आएका हो । यससँगै परिसूचक २७ सय ७९ अंकमा पुगेर बन्द भएको छ ।
यसक्रममा आज जम्मा तीन अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ६६ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । लगातार चार दिनदेखि ओरालो लागेको नेप्से सूचक १४३ अंकको गिरावटपछि आज तीन अंकले उकालो लागेको हो ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य समान १०÷१० प्रतिशतले बढेको छ । यससँगै विन नेपालको सेयर मूल्य १३ सय ३८ रुपैयाँ प्रतिकित्ता र बुद्ध भूमिको सेयर मूल्य ५०९ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला