बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुस र यूक्रेनबीच युद्धविराम

बिहीबार, १३ माघ २०७८, १४ : ५७
बिहीबार, १३ माघ २०७८

यूक्रेन र रुसबीच पूर्वी सीमामा जारी तनावका बीच एक राहतको खबर आएको छ । बुधबार पेरिसमा भएको ८ घन्टा लामो बैठकमा सबै पक्षले युद्धविराम गर्नेबारे सहमती गरेका छन् ।

यसबाहेक यूक्रेन र रुस सन् २०१९ पछि पहिलो पटक यूक्रेनी  सुरक्षा गार्ड र पृथकतावादीबीच चलिरहेको संघर्षको बारेमा फ्रान्स र जर्मनीसँग एक संयुक्त बयान जारी गर्न सहमत भएका थिए ।

बिना शर्त सहमतीः

संयुक्त बयानमा भनिएको छ, ‘दुबै पक्ष बिना शर्त युद्धविरामका लागि सहमत भएका छन् । यसबाहेक दुई सातापछि बर्लिनमा यस मुद्दाबारे एक बैठक आयोजना हुनेछ ।’

फ्रान्सले यो फैसलाको स्वागत गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंका एक सहयोगीले भनेका छन् ,‘लगातार बढिरहेको तनावबीच अन्त्यमा एउटा सकारात्मक समाचार बाहिरिएको छ ।’

बिर्लिन बैठकमा पनि कुटनीतिज्ञ समावेश हुनेछन्

रुसका कुटनीतिज्ञ दिमित्री कोजाकले भने, ‘कयौँ कुरामा असहमतिका बावजुृद हामी यस कुरामा सहमत थियौँ कि पूर्वी यूक्रेनमा सबै पक्षलाई ध्यानमा राखेर युद्धविराम गर्नु आवश्यक छ ।’

दुई सातापछि बर्लिनको बैठकमा पेरिसको जस्तै दुई देशका कुटनीतिज्ञ समावेश हुनेछन् । यी बैठकमा राष्ट्र प्रमुखलाई  समावेश गर्न एजेन्डा नै बनेको छैन । कोजाकले भने, ‘हामीलाई आशा छ कि उनीहरुले हाम्रो कुरा राम्रो तरिकाले सुनेका छन् । आगामी दुई सातामा यसको नतिजा पनि देख्न पाइने छ ।’

वार्ता सहज थिएनः

यूक्रेनका राजदूत एन्ड्रि यरमकले मीडियालाई भने, ‘यो वार्ता सहज थिएन । स्थायी युद्धविरामका लागि आपसी सहयोग अत्यन्त आवश्यक छ । सबैभन्दा महत्वपूृर्ण कुरा भनेको हामी सन् २०१९ पछि कुनै मुद्दाको आधिकारिक विज्ञप्तिमा सहमती भएको छौँ ।’ 

युक्रेनको पूर्वी सीमामा रुसले आफ्ना लाखौँ सैनिक तैनाथ गरेको छ ।
तत्पश्चात् दुबै देशबीचको तनाव अत्यन्त धेरै भएको थियो । रुसको सम्भावित हमलालाई ध्यानमा राख्दै नेटो फोर्सले पनि सैन्य गतिविधि बढाएको छ । यसबाहेक अमेरिकाले पनि ८,५०० सेनालाई उच्च सतर्कतामा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप