सहिद सप्ताहको चौथो दिन : आज सहिद धर्मभक्त माथेमाको सम्झना

सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको छ ।
माथेमा जन्मिएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकेको छ । आज उनको उक्त शालिकमा नै माल्यार्पण गरेर स्मरण गरिएको हो ।
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल तथा वडा सदस्य र सीमित कर्मचारी सहभागी भएर शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो । कोरोना महामारी भएकाले यस वर्ष सहिद सप्‍ताहका कार्यक्रम सीमित व्यक्तिका बीच आयोजना भइरहेका छन् ।
वि.सं १९६६ असोज १ गते काठमाडौँको ओम बहालमा जन्मिएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुन्ड्याएर प्राण दण्ड दिइएको थियो ।
काठमाडौँ महानगरले सहिद माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्दैछ । नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विसं १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यान दण्ड दिने निर्णय गरेको थियो । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, सात दिनपछि माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण