बुस्टर डोज खोप फरक फरक लगाइदिन खोप विज्ञहरुको सरकारलाई सुझाव

सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको समूहका धेरैले अभियान सुरु गरेको दुई दिनपछि लगाउन पाएका छैनन् ।
यसअघि सरकारले बुस्टर डोज लगाउने लक्षित समूहलाई पहिला दुवै मात्रा जुन खोप लगाइएको हो त्यही लगाउन निर्देशन दिइएको थियो । बुस्टर डोज दिनका लागि भेरोसेल खोप अभाव भइरहँदा खोप सल्लाहकार समितिले भने पछिल्लो समय सरकारलाई भेरोसेल दुवै मात्रा लगाउनेलाई कोभिशिल्ड, फाईजर, मोडर्ना, लगाइदिन सुझाब दिएको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाका एक अधिकारीले बताए ।
खोप सल्लाहकार समितिले यस्तो सुझाव दिएपनि सरकारले निर्णय गरिसकेको छैन भने छलफलकै क्रममा रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने