बुस्टर डोज खोप फरक फरक लगाइदिन खोप विज्ञहरुको सरकारलाई सुझाव
सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको समूहका धेरैले अभियान सुरु गरेको दुई दिनपछि लगाउन पाएका छैनन् ।
यसअघि सरकारले बुस्टर डोज लगाउने लक्षित समूहलाई पहिला दुवै मात्रा जुन खोप लगाइएको हो त्यही लगाउन निर्देशन दिइएको थियो । बुस्टर डोज दिनका लागि भेरोसेल खोप अभाव भइरहँदा खोप सल्लाहकार समितिले भने पछिल्लो समय सरकारलाई भेरोसेल दुवै मात्रा लगाउनेलाई कोभिशिल्ड, फाईजर, मोडर्ना, लगाइदिन सुझाब दिएको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाका एक अधिकारीले बताए ।
खोप सल्लाहकार समितिले यस्तो सुझाव दिएपनि सरकारले निर्णय गरिसकेको छैन भने छलफलकै क्रममा रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण