
रौतहटमा ट्याक्टरले किचेर बालकको मृत्यु

रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज बिहान पौने १० बजे अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो ।
स्थानीय मनोज यादवले चलाएर लगेको ट्याक्टर बडहरवा गाउँमा रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा बालकको मृत्यु भएको प्रहरीको भनाई छ । सडकमा खेलिरहेका बालकलाई पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्षमियाका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए ।
घटनालगत्तै चालक मनोज यादव फरार भएको विश्वकर्माले बताए। मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । फरार चालकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लक्षमिनियाले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ