नेपाल–भारत साहित्य महोत्सव स्थगित
नेपाल–भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुने नेपाल–भारत साहित्य महोत्सव कोभिड महामारीका कारण स्थगित भएको छ । आगामी फेब्रुअरी २६ देखि २८ सम्म आयोजना गर्ने भनिएको उक्त साहित्य सम्मेलन परिस्थिति सहज भएपछि सञ्चालन गरिने महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकाली जानकारी दिए ।
उनले भने, “मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा.विजय पण्डितसहितको संयुक्त बैठकले हाललाई उक्त महोत्सव स्थगित गर्ने निर्णय गरिएको हो तर त्यसको तयारी भने रोकिने छैन ।”
महोत्सवका अवसरमा लोकार्पण गरिने स्मारिकालगायतका कामहरु सुचारु रहने महोत्सवका सहसंयोजक नरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरुको तयारी पनि जारी रहेको सदस्य प्रमोद प्रधानले जानकारी दिए ।
उक्त साहित्यिक महोत्सवमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवं संस्कृतिकर्मीसँग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, सांस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायतका कार्यक्रम हुनेगर्छ ।
यस सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता रहने र नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुने संयोजक लेकालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त