शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

बिहीबार, १३ माघ २०७८, १२ : १७
बिहीबार, १३ माघ २०७८

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित आयोजित कार्यक्रमकाबीच उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
 
यस सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । 

बंैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथै रेमिटान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप