
ADVERTISEMENT
पाल्पाको तिनाउमा एक महिलाको शव फेला

पाल्पाको तिनाउ नदीमा एक महिलाको बेवारिसे शव फेला परेको छ । रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा ३ मा रहेको विद्युत गृह ड्याम नजिकै शव फेला परेको हो । अन्दाजी ६०–६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरीका प्रवक्ता लक्ष्मण पचभैयाले बताए ।
उनका अनुसार शव घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ