बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयसम्म लगातार खोकी लाग्नु फोक्सोको क्यान्सरको संकेत

बिहीबार, १३ माघ २०७८, ११ : ४३
बिहीबार, १३ माघ २०७८

खोकी लाग्नुलाई मानिसहरु हल्का रुपमा लिने गर्छन् । कतिपय खोकीको समस्या लिएर अस्पताल पनि जाने गर्दैनन् । चिसो मौसममा खोकीको समस्या हुनुलाई सामान्य रुपमा नै लिने गरिन्छ । तर, कहिले काँही लामो समयसम्म खोकी लागिरहन्छ । यसलाई गम्भीर रुपमा लिन आवश्यक भएको डाक्टरहरु बताउँछन् । यस्तो अवस्थामा डाक्टरलाई देखाउन आवश्यक हुन्छ । एलर्जी, इन्फेक्शन, धुम्रपान जस्ता कारण पनि खोकी लाग्ने गर्छ । खोकी लगातार लामो समयसम्म लागिरहन्छ भने यसको कारण जान्न आवश्यक छ । 

खोकीका प्रकारः 
एक्युट खोकी :
 यो लगभग २ देखि ३ हप्तासम्म लाग्छ र आफै ठिक हुन्छ । 
सबएक्युट खोकी : यो लगभग ३ देखि ८ हप्तासम्म रहन्छ । 
क्रोनिक खोकी : यो ८ हप्ताभन्दा बढी लाग्छ । यसले कुनै ठूलो रोगको संकेत गर्छ । 

कारण 
धुम्रपान 
लामो समयसम्म खोकी लाग्नु पहिलो कारण धुम्रपान हुनसक्छ । धुम्रपान गर्ने व्यक्तिहरुलाई प्रायः लामो समयसम्म खोकी लागिरहन्छ । चुरोट तथा तमाखुमा हुने केमिकलले फोक्सोमा जलन पैदा गराउँछ । फोक्सोले खकारमार्फत बाहिर फाल्ने कोसिस गरिरहन्छ । यसलाई विशेषः ध्यान दिन आवश्यक छ ।

कोभिड १९ को संक्रमण
लामो समयसम्म रहने खोकीको कारण कोभिड १९ को संक्रमण पनि हुनसक्छ । यो संक्रमणका कारण लामो समयसम्म लगातार खोकी लागिरहन्छ । 

इन्फेक्शन 
इन्फेक्शनको कारण पनि लगातार खोकी लाग्ने समस्या रहिरहन्छ । कुनै पनि चिजको इन्फेक्शनकाका कारण लाग्ने खोकी दुईदेखि तीनमहिनासम्म रहन्छ । यो संक्रमण हुँदा श्वासनलीमा इरिटेशन हुने भएकाले खोकी लागिरहन्छ । 

दम 
श्वासप्रश्वासको क्रममा हामी जुन हावाको सास फेर्छौं त्यही हावा नाक, घाँटी र फोक्सोमा जान्छ । श्वासनलीको मांसपेशीहरु खुम्चिने भएकाले दमको समस्या हुन्छ । यसले गर्दा श्वासनली अवरुद्ध हुन जान्छ । जसले फोक्सोमा अक्सिजन पुग्न कठिन हुन्छ । यस कारण दमका रोगीलाई खोकी लागि रहन्छ । 

जर्ड
ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज एक डाइजेस्टिभ डिसअर्डर हो । यसमा पेटमा उत्पन्न हुने एसिड वा पेटमा हुने खानेकुरा भोजन नलीबाट फर्किन्छ । यसकारण भोजन नलीको भित्री भागमा जलन हुन्छ । यस्तो अवस्थामा खोकीको समस्या हुन्छ । 

पोस्ट नेजल ड्रिप
सामान्यतयाः नाकमार्फत शरीरको बलगम बाहिर निस्किन्छ । तर, नाकसम्म आएर पुनः भित्र फर्किन्छ भने यसलाई पोस्ट नेजल ड्रिप भनिन्छ । सामान्यभन्दा धेरै अधिक मात्रामा बन्न थाल्छ भने यो समस्या सुरु हुन्छ । चिसो मौसममा एलर्जी हुने समस्या धेरै हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म खोकी लागिरहन्छ । 

फोक्सोको क्यान्सर 
लामो समयसम्म खोकी लागि रहन्छ भने त्यो फोक्सोको क्यान्सरको पनि संकेत हुनसक्छ । फोक्सोको क्यान्सरको सुरुवातमा खोकी लाग्ने र खोकीमा रगत देखिन सक्छ । यदि धुम्रपान पनि नगर्ने र परिवारमा कसैलाई पनि फोक्सोको क्यान्सर भएको छैन भने खोकी लाग्ने कारण अरु नै हुनसक्छ । धुम्रपान गर्ने व्यक्तिको नजिक बस्ने र वायु प्रदुषणको कारण पनि क्यान्सर हुनसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप