बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमा लडाईं भयो भने जर्मनीले कसको साथ दिनेछ, के पुटिनले युरोपेली देशमा फुट ल्याएकै हुन् त ?

बिहीबार, १३ माघ २०७८, ११ : २६
बिहीबार, १३ माघ २०७८

रुस र युक्रेनबीच जारी तनावका बीच अमेरिका र उसको नेटो सहयोगी लगातार बाल्टिक र पूर्वी युरोपमा सैन्य गतिविधि बढाइरहेका छन् ।

डेनमार्कले बाल्टिक सागरमा एउटा युद्धपोत पठाउँदैछ । यसैगरी फ्रान्सले रोमानियामा सेना पठाउने प्रस्ताव गरेको छ । स्पेनले पनि कालासागरमा एउटा युद्धपोत तैनाथ गरिरहेको छ । अमेरिकाले त हजारौँ सैनिकलाई उच्च सतर्कतामा राखेको छ ।

यी सबका बीच यूरोपको सर्वाधिक महत्वपूर्ण देश जर्मनीलाई लिएर विज्ञहरुले अझैसम्म पनि केही पनि भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

जर्मनीका चान्सलर ओलाफ स्काल्जले कयौँ पटक रुसलाई चेतावनी दिइसकेका छन् । तर उनले पुटिनलाई रोक्नका लागि नेटोको अन्य सहयोगीका जस्तै प्रतिबद्धता जाहेर गरेका छैनन् । जबकी यूरोपेली एकता र नेटोका लागि जर्मनी युरोपमा सबैभन्दा बढी महत्व राख्छ । यी सबका बीच यो सवाल पनि उठेको छ कि पुटिनले नेटो देशको एकतामा फुट गराइदिएका हुन् त ?


युक्रेनका विदेश मन्त्रीको जर्मनीमाथि  आरोप


जर्मनीको उल्झिएको विचार युक्रेन र पूर्वी यूरोपेली देशलाई समस्यामा पार्ने खालको रहेको छ । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले जर्मनीमाथि उसले मौन बसेर युक्रेनमाथिको हमलालाई बढावा दिएको आरोप लगाएका छन् । यसैगरी लिथुआनियाका सांसद लारिनास कासिनासले भनेका छन्, ‘बर्लिनले एउटा ठूलो रणनीतिक गल्ती गरिरहेको छ । ऊ आफ्नो प्रतिष्ठालाई खतरामा पारिरहेको छ ।’


यी सबै मामिलालाई लिएर जर्मनीका पूर्व मन्त्री नोर्बर्ट राटजेनले भनेका छन्, ‘यूरोपेली संघको एकताका लागि जर्मनी सबैभन्दा महत्वपूर्ण छ  जबकी पुटिनको उद्देश्य सबैभन्दा पहिले युरोपेली देशहरुबीच फुट गराउनु रहेको छ । र यसपछि यूरोप र अमेरिकालाई छुट्याउनु रहेको छ । जर्मनीको विषयलाई लिएर विशेषज्ञको मनमा उब्जिएका शंकाको पछाडि हालका कयौँ घटनाक्रम रहेका छन् ।’

प्राकृतिक ग्यासको पनि आवश्यकताः

अमेरिकाको अनुरोधका बावजुद जर्मनीले  युक्रेनमा हतियार आपूर्ति गर्न अस्वीकार गर्दै आएको छ । जर्मनीका जल सेना प्रमुख एचिम शानबाखले पनि युक्रेनको मामिलामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंशा गरेर समस्या खडा गरिदिएका छन् । तर पछि विवाद बढेपछि उनले पदबाट राजीनामा दिएका थिए । यसबाहेक यूरोपको एक तिहाई प्राकृतिक ग्यासको आपूर्ति रुसले  गर्दै आएको छ ।

अवस्था बिग्रँदै गयो र रुसले आपूर्ति बन्द ग¥यो भने यूरोपमा नयाँ समस्या सिर्जना हुनसक्छ । जर्मन सरकार यो कुरालाई पनि ध्यानमा राखेर आफ्नो रणनीति तयारी गरिरहेको छ ।


रुस–जर्मनीको १ हजार वर्ष लामो सम्बन्ध

यी सबै मामिलालाई लिएर रुस–जर्मन फोरमका अध्यक्ष म्याथियास प्लात्जेकले भने, ‘ यो मामिलामा अन्य कयौँ विषय छन् । जर्मनी र रुसबीच पछिल्लो १ हजार वर्षदेखि कुनै न कुनै सम्बन्ध रहँदै आएको छ ।’

‘रुसकी सर्वाधिक चर्चित रानी क्याथरिन पनि एक जर्मन थिइन् । जर्मनीको एक हिस्सा लामो समयसम्म सोभियत संघको प्रभावमा रहँदै आएको थियो ।
यसबाहेक हामी रुससँग दुई पटक लडाईं लडिसकेका छौँ । जसमा ७ करोडभन्दा बढी मानिस मारिइसकेका थिए । जसमा १.५ करोड रुसी समावेश थिए  । तर यसको मतलब यो नभई पछिल्ला वर्षहरुमा जर्मनी रुसको विरुद्धमा उभिएको छैन ।’

विज्ञहरुका अुनसार नेटो प्रमुख देशमा समावेश अमेरिका, बेलायत र इटाली युक्रेनको मुद्दामा रुसबिरुद्ध आक्रामक बनिरहेका छन् । तर जर्मनी, डेनमार्क र नर्वे जस्ता देश फरक आवाज उठाउन सक्छन् । नेटो सैन्य विशेषज्ञका अनुसार रुसले युक्रेन सीमामा  आफ्ना लाखौँ सैनिकका साथै लगभग ८ हजार ट्यांक तैनाथ गरिरहेको छ । रुसले युक्रेनको सीमामा ३६ इस्क्यान्डर मिसाइल लञ्चर तैनाथ गरेको छ । यी मिसाइलको रेन्ज लगभग ७०० किमीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप