बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

बिहीबार, १३ माघ २०७८, १० : ५५
बिहीबार, १३ माघ २०७८

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो । 

बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप