बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिसा पुछ्ने क्रममा ग्यास बुलेट गुडेपछि च्यापिएर चालकको मृत्यु

बिहीबार, १३ माघ २०७८, १० : २९
बिहीबार, १३ माघ २०७८

काठमाडौंको बालाजुमा बिहीबार बिहान ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर ग्यास बुलेटको सिसा पुछ्दै गरेका उनी अचानक गाडी गुडेर अगाडि रहेको भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका थिए ।

बिहान पौने ४ बजे गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जनाइएको छ । प्रहरीले अर्का ग्यास बुलेट चालकलाई नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप