ad
x

गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध एफआईआर

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

 


फिल्म निर्माता सुनिल दर्शनले युट्युबमा आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना था’ को कपिराइट उल्लंघनको विषयमा गुगल सीइओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीविरुद्ध एफआईआर दर्ता गरेका छन् । जसमा उनले युट्युबमा थुपै प्रयोगकर्ताद्वारा उनको एक्सक्लुसिभ कन्टेन्ट प्रयोग गरिरहेको र यसले आफूलाई भारी नोक्सानी पुर्याएको बताएका छन् । 



आफ्नो एफआईआरमा फिल्म निर्माताले गुगलका सीइओ सुन्दर पिचाई र कम्पनीका ५ अन्य कर्मचारीको नाम पनि समावेश गरिएको छ । अंधेरी इस्ट एमआइडीसी प्रहरी स्टेशनमा कपिराइट एक्टको धाराअन्तर्गत एफआईआर दर्ता गरिएको छ । 



एक अर्बभन्दा बढीपटक कपीराइट उल्लंघन गरेको छः सुनिल



सुनिल दर्शनले इटाइम्ससँगको कुराकानीमा भने, ‘मेरो फिल्म जसलाई मैले कहिले पनि अपलोड गरेको  छैन र संसारभरी कसैलाई बेचेको छैन । त्यसलाई युट्युबमा लाखौं पटक हेरिएको छ । म गुगलसँग यो फिल्मलाई प्लेटफर्मबाट हटाउनका लागि अनुरोध गरिरहे र यताउती भड्किरहेँ ।’



‘म असाध्यै नि निराश भएको थिएँ र मसँग कुनै विकल्प बचेको थिएन, त्यसैले म अदालत जानुपर्यो । सौभाग्यले अदालतले मेरो पक्षमा आदेश दियो र प्रहरीलाई एफआईआर दर्ता गर्नका लागि निर्देशन दियो । एक अर्बभन्दा बढी पटक कपिराइट उल्लंघन भएको छ र मसँग तीमध्ये प्रत्येकको रेकर्ड छ । 
 



 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।