बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट पक्राउ परेका फरार कैदी परियार पुर्पक्षका लागि कारागार चलान

बिहीबार, १३ माघ २०७८, ०९ : ५०
बिहीबार, १३ माघ २०७८

दाङको घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए ।

जिल्ला प्रहरी  कार्यालय दाङले प्रहरीले भारतको पञ्जाब लुधियानाबाट पक्राउ गरेर कारागार प्रशासनले मार्फत अदालतमा बुझाएपछि पुर्पक्षका लागि कारागार चलान गरेको गरेको जनाएको छ ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई थुनामा राख्ने आदेश दिएका थिए । परियारको बयान र थुनछेक पछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप