शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनलाई नेटो प्रवेशमा रोक्ने रुसको माग अमेरिकाद्वारा खारेज

बिहीबार, १३ माघ २०७८, ०९ : ४३
बिहीबार, १३ माघ २०७८

अमेरिकाले युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्ने रुसको मागलाई अस्वीकार गरेको छ । युक्रेनमाथि रुसले हमला गर्ने खतरा बढिरहेका बेला अमेरिकाले यस्तो फैसला लिएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन सङ्कटको समाधानबारे रुसलाई आधिकारिक प्रतिक्रिया दिँदै यस फैसलाबारे जानकारी दिए ।

उनले अघि बढ्नका लागि रुसलाई एउटा गम्भीर कूटनीतिक बाटो पेस गरेका छौँ, जसलाई रुसले अपनाउनु पर्छ ।’ अमेरिकाको प्रतिक्रियाबारे रुसी मन्त्रीले अध्ययन गर्ने बताएका छन् । रुसले नेटो सैन्य गठबन्धनको विस्तार र त्यससँग जोडिएको सुरक्षा मुद्दालाई लिएर आफ्नो चिन्ताको एक सूची जारी गरेको छ । जसमा युक्रेनलगायत अन्य देशलाई नेटो गठबन्धनमा सामेल हुन प्रतिबन्ध लगाउन माग गरिएको छ ।

तर, ब्लिंकनले भने, ‘नेटो जस्तो सुरक्षा गठबन्धनमा सामेल हुने युक्रेनको सम्प्रभुता र अधिकार छ ।’ रुसले युक्रेनको सीमामा ठुलो सङ्ख्यामा सैनिक तैनाथ गरिएको छ । पश्चिमा देशहरूले रुसले युक्रेनमाथि हमला गर्ने तयारी गरेको आरोप लगाइरहेका छन् । रुसले यसलाई अस्वीकार गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप