कोरोना सङ्क्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी
कोरोना सङ्क्रमण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ । अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।
युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले ओमिक्रोनका बिरामीलाई रगत अभाव हुन नदिन बालकोटबाट सुरु गरिएको रक्तदान कार्यक्रममा हौसला प्रदान गर्न अध्यक्ष ओली दुरी कायम गरेर उपस्थित भएको बताए ।
‘ओमिक्रोनका बिरामीलाई रगत अभाव हुन नदिन हामीले बुधबार सप्ताहव्यापी रक्तदानको शुभारम्भ गरेका हौ । त्यही सन्दर्भमा अध्यक्षज्यूको पनि स्वास्थ्य लाभको कामना गरेर कार्यक्रमको शुभारम्भ बालकोटबाट भएको हो’, प्रतिनिधि सभा सांसद समेत रहेका बस्नेतले भने, ‘हौसला दिनका लागि अध्यक्ष दुरी कायम गरेरै एक छिन कार्यक्रममा आउनुभएको हो ।’
अध्यक्ष बस्नेतले दुरी कायम गरेर कार्यक्रममा सहभागी भएको भने पनि सार्वजनिक तस्बिरमा भने त्यस्तो देखिँदैन । उनले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै सङ्क्रमण नेगेटिभतर्फ उन्मुख रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा