शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा २.८४ लाख नयाँ संक्रमित भेटिए, ५७४ को मृत्यु

बिहीबार, १३ माघ २०७८, ०९ : ०८
बिहीबार, १३ माघ २०७८

भारतमा बुधबार २ लाख ८४ हजार ४६० नयाँ कोरोना संक्रमित भेटिएका छन् । यतिबेला ३.७६ लाख मानिस निको भए जबकी ५७४ को मृत्यु भएको छ । यस्तै, अघिल्लो दिनको तुलनामा संक्रमितको संख्यामा १,४५४ को कमी आएको छ । यसको एकदिन अघि मंगलबार २,८५,९१४ जना संक्रमित भेटिएका थिए र ६५९ जनाको मृत्यु भएको थियो । हाल देशमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २१.९५ लाख छन् ।

महामारीको सुरुवातदेखि हालसम्म देशमा करिब ४.०३ करोड जना संक्रमित भइसकेका छन् । यस्तै, दिल्लीमा कोरोनाको स्थितिमाथि दिल्लीको डिजास्टर म्यानेजमेन्ट अथोरिटीले छलफल गर्ने भएको छ । यो छलफल बिहिबार दिउँसो पौने एक बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप