ad
x

माओवादी केन्द्र उदयपुरमा जिम्मेवारी बाँडफाँट

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

 नेकपा (माओवादी केन्द्र) उदयपुरमा जिम्मेवारी बाँटफाँट भएको छ । पार्टीको प्रदेश १ कमिटी बैठकले नेताहरुको पदीय जिम्मेवारी तोक्दै कार्यविभाजन गरेको हो । पार्टीले मोहन खत्री (दिपक) लाई प्रदेश विभाग वा जनवर्गीय संगठन-मोर्चा मध्ये कुनै एउटामा ईन्चार्ज तोक्ने निर्णय गरेको छ । भीम अधिकारी (अनिल), राजन किराती (बासु) र केपी बराललाई जिल्ला सहईन्चार्जको जिम्मेवारी सुम्पेको छ । जिल्ला समन्वय संयोजकमा विनोद कटुवाललाई जिम्मेवारी दिइँदा  सचिवमा किरण राई चयन भएका छन् । 


संघीय निर्वाचन क्षेत्र १ को इन्चार्जमा द्रोण पौडेल (निरज) तोकिएका छन् भने २ को इन्चार्ज नारायण बुर्जा मगर भएका छन् । अमृता राई खत्री र दिलकुमारी मगर अधिकारी संघीय निर्वाचन क्षेत्र १ सहइन्चार्ज तोकिदा २ को सहइन्चार्जमा भेषकुमारी राउत (कोपिला) र काजीमान तामाङ (जिज्ञासा) तोकिएका छन् । 



प्रदेश निर्वाचन क्षेत्रतर्फ १ (क) को इन्चार्ज रमण भट्टराई तोकिँदा (ख) को इन्चार्ज सम्झना तामाङ (योद्धा) भएकी छिन् । एवीराज राई प्रदेश २ (क) को इन्चार्ज तोकिँदा २ (ख) को ईन्चार्ज भगवति खनाल (निशा) भएकी छिन् । प्रदेश २ (क) को सहईन्चार्ज निर्मला मगरले पाएकी छिन् भने (ख) को सहईन्चार्ज पद खाली राखिएको छ ।



त्रियुगा नगर कमिटी ईन्चार्जमा बिमल राई तोकिएका छन् भने सहइन्चार्ज हुनेमा त्रियुगा नगरपालिकामा रुद्र अधिकारी, केदार दनुवार र पदम दाहाललाई जिम्मा दिइएको छ ।



कटारी नगर ईन्चार्ज हेम दाहालले पाएका छन् भने सहइन्चार्ज तोक्न बाँकी छ । चौडण्डीगढी नगर ईन्चार्ज सन्तोष सुवेदी (बलिदान) र सहईन्चार्ज देवनारायण चौधरीलाई दिइएको छ । बेलका नगर ईन्चार्जको जिम्मेबारीमा राकेश किरातीलाई ल्याइएको छ भने सहईन्चार्जमा बुङासरी राई र पर्शुराम कठेतलाई तोकिएको छ ।



गाउँपालिकातर्फ ताप्ली गाउँपालिका ईन्चार्जमा ढुंगराज विक र सहईन्चार्ज प्रेम राई, लिम्चुङवुङ गाउँ ईन्चार्ज झनक विकलाई तोक्दा सहईन्चार्ज लिलाबहादुर परियार तोकिएका छन् ।



उदयपुरगढी गाउँ ईन्चार्जमा देव गिरी छानिदा सहईन्चार्ज देवी राई तोकिएका छन् । प्रदेश कमिटीले जिम्मेवारी तोक्न बाँकी भुगोलमा छिट्टै तोकिने जनाएको छ ।



प्रदेश परिषद, जिल्ला समन्वय र प्रदेश विभागमा पनि केही संख्या मनोनयन गर्न बाँकी ठाउँमा छिट्टै पूर्ति हुने जनाइएको छ । प्रदेश परिषद्‌मा ५ जना, जिल्ला समन्वयमा १५ जना र प्रदेश विभागमा २५ जना नाम थप्न बाँकी छ । जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाकार पनि थपघट हुने बताइएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।