शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

नयाँ संसद् आउँदा तयार होला त भवन ?

बिहीबार, १३ माघ २०७८, ०६ : ३१
बिहीबार, १३ माघ २०७८

संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गरिँदै आएको छ । व्यवस्थापिका राज्यको एउटा अभिन्न अङ्गको रूपमा संविधानले व्यवस्था गरेकाले अब संसद्को स्थायी संरचना आवश्यकता देखिन्छ । संसद् सचिवालय सिंहदरबारमा रहेकाले संसद् बैठकको दिन कर्मचारीलाई कागजपत्र ओसार्ने झन्झट हुँदै आएको छ ।

संसद् बैठक सकिएपछि नयाँ बानेश्वरको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्छन् । यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने निर्माणको ठेक्का दिइएको थियो । २०७६ असोजमा संसद् भएको शिलान्यास भएको थियो । ठेक्का बमोजिम सिंहदरबारको पुतली बगैँचामा दुई वर्षदेखि संसद्को आफ्नो भवन बनाउने क्रम जारी छ । तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको नयाँ भवन निर्माणको हालसम्मको भौतिक प्रगतिको गति सन्तोषजनक नदेखिएको संसद्को विकास तथा प्रविधि समितिले बताएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप