शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेर्नुहोस् तपाईँ बस्ने जिल्लादेखि स्थानीय तहसम्मको जनसंख्या विवरण, कहाँ कति ? (पूर्णपाठ)

बुधबार, १२ माघ २०७८, २३ : ०७
बुधबार, १२ माघ २०७८

केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्यो । जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० भएको उल्लेख गरिएको छ । 

विभागले हरेक सबै जिल्लादेखि स्थानीय तहसम्मको जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागका अनुसार गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी रहेका छन् । यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पा भूमी, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासो गाउँपालिका रहेका छन् ।  

सबैभन्दा धेरै जनसख्या बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या  भएको मनाङ जिल्लाको नार्फाभूमि गाउँपालिकामा ४४२ जना रहेका छन् ।   १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेका छन् भने ५० हजार भन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेका छन् । 

शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरूमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज महानगरपालिका रहेका छन् ।   यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरूमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालीगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका रहेका छन् । 

यस्तै सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या  भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेका छन् ।  २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेका छन् भने १ लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेका छन् ।

यस्तै  विभागले देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको जनाएको छ ।  यस्तै रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। 

जिल्लादेखि गाउँपालिकासम्मको जनसंख्या विवरण हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप