राष्ट्रियसभा निर्वाचनको मत परिणाम गठबन्धन कमजोर हुने सङ्केत : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणामले आगामी निर्वाचनमा गठबन्धन कमजोर हुने र आफ्नो पार्टी सुदृढ हुने आधार देखिएको टिप्पणी गरेका छन् । एमालेका अधिकांश उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएको र गठबन्धनका उम्मेदवारले मतभारभन्दा कम मत प्राप्त गरेको पोखरेलले जिकिर गरेका छन् ।
वामपन्थी सरकार ढालेर काँग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरूप प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेको पनि पोखरेलले बताएका छन् ।
सामाजिक सञ्जालमा पोखरेल लेख्छन्–
राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ । किनकि बहुमतको वामपन्थी सरकार ढालेर काँग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरूप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरूले आफ्नो दलीय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् । तर पनि यस निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारले गठबन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् । नेकपा(एमाले)का अधिकांश उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूको अतिरिक्त भोट नेकपा (एमाले) का उम्मेदवारलाई प्राप्त भएको छ । यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठबन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।
गठबन्धनका अन्य उम्मेदवारको तुलनामा नेपाली काँग्रेसका उम्मेदवारले सबै प्रदेशमा कम भोट पाएका छन् । पाँच दलीय गठबन्धनको मोर्चाबन्दीका बीचबाट प्रदेश १मा नेकपा (एमाले)का एकजना उम्मेदवारले विजय हासिल गरेका छन् । एकजना बराबरी मत आएर गोलाबाट पराजित भएका छन् ।
यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा (एमाले) पहिलो दलको हैसियतमा कायम छ । अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र नेकपा (एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले सङ्केत गरेको छ ।
परिणाम प्रतिकूल हुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा (एमाले)का उम्मेदवारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमन्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा