शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्ताहरूलाई कार्वाही गर्न प्रदेश सरकारको निर्देशन

बुधबार, १२ माघ २०७८, २२ : ०१
बुधबार, १२ माघ २०७८

मधेस प्रदेश सरकारले जनमत पार्टीका कार्यकर्ताहरूको हिंसाजन्य गतिविधिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले बुधबार  एक विज्ञप्ति जारी गरी जनमत पार्टीका कार्यकर्ताहरूका हिंसाजन्य गतिविधिप्रति आपत्ति जनाएका हुन् । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरुको सवारी साधनमा जनमत पार्टीका कार्यकताहरुले तोडफोड गरेका थिए । जनमत पार्टीका कार्यकर्ताहरूको निशानामा मधेश प्रदेशका प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मे.सु.डा.सतिश साह लगायत निशानमा परेका थिए ।

उनीहरुमाथि गरिएको साङ्घातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोडको घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलव्ध गराउन र दोषीमाथि कार्वाही गर्न समेत सम्बन्धित निकायलाई  प्रदेश सरकारले निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप