ad
x

उदयपुरमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

person explore access_timeमाघ १२, २०७८ chat_bubble_outline0

उदयपुरको ताप्ली गाउँपालिकाकी एक महिलाको घाँस काट्ने क्रममा लडेर ज्यान गएको छ । घर छेउकै जंगलमा घाँस काट्न गएकी ताप्ली गाउँपालिका-३ का रत्नबहादुर तामाङकी श्रीमती ५० वर्षीया लक्ष्मीमाया तामाङको लडेर ज्यान गएको हो ।


बाख्रालाई घाँस काट्न भनेर गएकी तामाङ घरनजिकै भीरमा घाँस काट्दा काट्दै अचानक लड्दा घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 



लडेर खोल्सामा पुगेकी उनको शव आफन्तले फेला पारी घरमा ल्याई राखेको खबर पाउन साथ प्रहरी चौकी रामपुर झिल्केबाट टोली खटेर घटनास्थल पुगेको थियो भने घटनाका बारेमा विस्तृत अध्ययन गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक नेतृत्वमा र इलाका प्रहरी कार्यालय कटारीबाट समेत छुट्टै टोली घटनास्थल गएका छन् । घटनास्थल सदरमुकामबाट २७ कोष टाढा पर्छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।