भौतिक कक्षा सञ्चालन गर्ने कपिलवस्तुका दुई प्राचार्य प्रहरी नियन्त्रणमा
कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आदेश उल्लंघन गर्दै भौतिक कक्षा सञ्चालन गर्ने निजी विद्यालयका प्राचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाको कृष्णनगर नगरपालिकाका सेन्ट ज्युड्स अङ्ग्रेजी बोर्डिङ स्कुल र ब्राइट वे अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रण लिएको हो ।
दुवै विद्यालयले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमा राखेर पठनपाठन गराइएको अवस्थामा नियन्त्रणमा लिइएको थियो । प्रहरीमा स्थानीयले सूचना दिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
बिहान ११ बजे नियन्त्रणमा लिएर भौतिक कक्षा बन्द गर्ने सर्तमा छाडिएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले माघ ४ गते आदेश जारी गर्दै जिल्ला भरीका विद्यालयमा भौतिक पठन पाठन बन्द गरेको छ ।
प्रशासनले कृषि हाटबजार बन्द गर्ने आदेश दिए पनि जिल्ला भरी खुला रूपले हाटबजार सञ्चालन भएको छ । हाटबजार आउने मानिसहरू स्वास्थ्य मापदण्डको ख्याल नगर्दा कोरोना संक्रमण अझै फैलिन सक्ने सम्भावना देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै