बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् बलिउडका ६ विवादित चुम्बन

बुधबार, १२ माघ २०७८, २१ : ०५
बुधबार, १२ माघ २०७८

बलिउडमा बेला बेलामा ‘चुम्बन’ले ठुलै विवाद निम्त्याउने गरेको छ । अभिनेत्री शिल्पा शेट्टीदेखि करिना कपुर खान र बिपाशा बसुसम्म चुम्बन विवादमा परिसकेका छन् । चुम्बन विवादमा फसेका यी हुन् बलिउड अभिनेत्री ।

शिल्पा शेट्टी– रिचर्ड गेरे  
सन् २००७ को एक एड्स सचेतना कार्यक्रममा अभिनेत्री शिल्पा शेट्टीलाई हलिउड अभिनेता रिचर्ड गेरेले बारम्बार चुम्बन गरेका थिए । सार्वजनिक स्थानमा गरिएको उक्त चुम्बनले निकै विवाद निम्त्याएको थियो । गेरेले चुम्बन गरेपछि शिल्पा माथि सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोप लागेको थियो । १५ वर्षपछि हालै यो आरोपबाट अदालतले शिल्पालाई मुक्त गरेको छ । शिल्पा बिरुद्ध सो समय राजस्थानमा दुई र गाजियाबादमा एउटा मुद्दा दर्ता भएको थियो ।

मिका सिंह–राखी सावन्त  
सन् २००६ मा मिका सिंहले राखी सावन्तलाई उनको जन्मदिनको पार्टीमा चुम्बन गरेका थिए । त्यसबेला राखी शान्त भइन्, तर पछि उनले मिका विरुद्ध मुद्दा दायर गरिन् । वर्षौंको झगडापछि अहिले यी दुई फेरि साथी भएका छन् । हालै मात्र बिग बोस १५ मा प्रतियोगी र अतिथिको रुपमा आएका मिकालाई सलमान खानले पनि ट्रोल गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो– बिपाशा बसु
सन् २००७ मा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले अभिनेत्री विपाशा बसुलाई चुम्बन गरेका थिए । तस्बिर सार्वजनिक हुने बित्तिकै मानिसले दुवैको सम्बन्धमा बिषयमा विभिन्न समाचार फैलाउन थाले । त्यसबेला बिपाशा जोन अब्राहमलाई डेट गरिरहेकी थिइन् ।

शाहिद कपूर– करीना कपुर खान
केही वर्षअघि करीना कपूर खान र शाहिदले ओठ चुम्बन गरेको भिडियो लिक भएको थियो । दुवैको यो एमएमएस निकै भाइरल भयो । सोध्दा दुवैले भिडियोमा देखिएका जोडी अर्कै हुन् भनी स्पष्ट रुपमा भनेका थिए ।

दीपिका पादुकोण– सिद्धार्थ माल्या 
सिद्धार्थ माल्या र दीपिका पादुकोणको सम्बन्धलाई कभर गर्ने तस्बिरले मानिसलाई छक्क पारेको थियो । यो तस्बिर इडेन गार्डेनको हो जहाँ रोयल च्यालेन्जरले आईपीएल खेलमा कोलकाता नाइट राइटर्ससँग हारको स्वाद चाखेको थियो । जितको उत्सव मनाउँदै गर्दा दीपिका र सिद्धार्थले चुम्बन गरेको तस्विर निकै भाइरल बनेको थियो, जसका कारण दुवैको सम्बन्ध पक्का भएको हल्ला पनि चल्यो ।

महेश भट्ट–पूजा भट्ट  
फिल्म फेयर पत्रिकाको पहिलो पृष्ठमा महेश भट्ट आफ्नी छोरी पूजा भट्टलाई चुम्बन गरिरहेको देखिएका थिए । यो तस्विरलाई लिएर निकै विवाद भएको थियो । महेशले पूजा आफ्नी छोरी नभएको भए उनीसँग बिहे गर्ने बताएपछि विवाद झन् चर्कियो । यो तस्बिर बलिउड उद्योगको सबैभन्दा विवादास्पद तस्वीर मध्ये एक मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप