देवदहमा भेटिएका शवको अझै पहिचान भएन
बुधबार, १२ माघ २०७८, २० : ५७
रुपन्देहीको देवदहमा फेला परेका शवको अझै पहिचान हुन सकेको छैन । देवदह नगरपालिका–९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि जङ्गलमा मङ्गलबार भेटिएको एक बालिका र महिलाको शवको अझै सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
शवको प्रकृति हेर्दा हत्यापछि फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिए पनि सनाखत नहुँदा समस्या भएको प्रमुख केसीले बताए ।
इलाका प्रहरी कार्यालय बुटवलको सूचनामा तराई मूलको जस्ते देखिने रातो ब्लाउज र रातो ज्याकेट लगाएकी अन्दाजी ३४÷३५ वर्षीय महिला र पहेँलो छिर्केमिर्के सट, निलो पाइन्ट र रातो टोपी लगाएकी अन्दाजी छ÷सात वर्षीय बालिकाको शवको सनाखत तथा परिवारको खोजी गरिदिन सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर