
दुई वर्षपछि फिल्म सेटमा बर्षा

अभिनेत्री बर्षा राउत फिल्म सेटमा फर्किएकी छन् । करिब दुई वर्षपछि उनी ‘लाखे’ मार्फत फिल्म सेटमा फर्किएकी हुन् । पुसको अन्त्यबाट फ्लोरमा रहेको फिल्मको छायाङ्कनमा उनी मंगलबार ज्वाइन भएकी हुन् ।
करिब आधा दर्जन बढी अभिनेताले भरिएको फिल्म ‘लाखे’को उनी मुख्य अभिनेत्री हुन् । फिल्ममा उनको भुमिका के भन्ने बिषय भने निर्माण युनिटले गोप्य राखेको छ ।
कोरोनाको पहिलो भेरियन्ट अगाडि फिल्म ‘दुई नम्बरी’ अभिनय गरेकी बर्षाले त्यसपछि यो फिल्म अभिनय गर्न लागेकी हुन् । त्यसो त ‘लाखे’ अगाडि उनको हातमा फिल्म ‘के घर के डेरा’ पनि परेको थियो । सो फिल्मको सुटिङ अझै सुरु हुन सकेको छैन ।
फिल्म ‘दुई नम्बरी’ भने आधाआधी सुटिङ सकाएर रोकिएको छ । छायाङ्कनकै क्रममा कोरोनाका कारण लागेको लकडाउनले रोकिएको फिल्म सुरु हुन्छ हुँदैन यसै भन्न सकिन्न । ‘लाखे’ सम्राट बस्नेतको निर्देशन रहेको फिल्म हो । फिल्ममा बर्षासँगै सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ