
संखुवासभामा भीरबाट लडेर गोठालाको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका–४ मा भीरबाट लडेर एक जना भेडा गोठालाको मृत्यु भएको छ । भीरबाट लडे भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
भेडा चराउन गएका राईको मकालु–४ पावाखोला निवारे भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । भेडा चराउन गएका राई मंगलबारदेखि फर्केर नआएपछि खोजी गर्दा बुधबार मकालु-४ पावाखोला निवारेमा भिरबाट लडेर मृत अवस्थामा स्थानीयले फेला परेको थिए ।
मृतक राई केही महिना यता मकालु –४ बैदेका गंगा बहादुर गुरुङको भेडी गोठमा काम गर्दै आएका थिए । घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट ९ घण्टाको पैदल दुरीमा पर्छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ