
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनको ‘क्लिन स्विप’

सत्ता गठबन्धनले गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा क्लिन स्विप पारेको छ । बुधबार भएको निर्वाचनमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।
पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।
यसैगरी दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए । यस्तै अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार भएर विजयी हुँदा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ