
काँग्रेसबाट राष्ट्रियसभा सांसदमा कमला पन्त विजयी
गण्डकीको राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कमला पन्त विजयी भएकी छन् । सत्ता बन्धनकी साझा उम्मेदवार पन्तले ३ हजार ८४ मतभार पाएर निर्वाचित भएकी हुन् । उनी प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार मात्र प्राप्त गरिन् ।
बुधबार तीन सिटका लागि भएको निर्वाचनमा बाँकी २ जना सदस्यको मत गणना भइरहेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार उम्मेदवार रहेका छन् । एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल र अर्जुनकुमार सुनाम उम्मेदवार छन्।
गण्डकीमा २२७ जना जनप्रतिनिधिले मतदान गरेका थिए।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ