माओवादीका भुवन सुनार बने राष्ट्रियसभा सांसद
बुधबार, १२ माघ २०७८, १८ : २५
गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका भुवन सुनार विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार भुवन सुनारले एमाले अर्जुनकुमार सुनामलाई पराजित गरेका हुन् ।
सुनुवारले सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् । सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार मात्र प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट महिलातर्फ काँग्रेसकी कमला पन्त निर्वाचित भएकी छन् भने एक जनाको सिटमा गणना जारी छ ।