चिकित्सकमाथिको आक्रमणमा घुसपैठ भयो : जनमत पार्टी
महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरटेन्डन्ट (मेसु) डा. सतीशकुमार साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनमत पार्टीले दाबी गरेको छ । जनकपुरको पिडारी चोकमा बुधबार मेसु साहमाथि राष्ट्रिय सभा सदस्य निर्वाचनको विरोध प्रदर्शनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए । बर्दिबास हिँडेका उनी सवार एक्कासि जनमतका कार्यकर्ताहरूले आक्रमण गरेको मेसु साहले बताएका थिए ।
आक्रमणमा परी साहको मुखमा आठवटा टाँका लगाएर उपचार गरिएको छ भने शरीरका विभिन्न भामा चोट लागेको छ । आफू स्वास्थ्यकर्मी भएको बताउँदा बताउँदै आफूमाथि सिके राउतका कार्यकर्ताले चिर्पट प्रहार गरेको साहले बताए ।
तर, डा.साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनमत पाटीका केन्द्रिय सदस्य सञ्जय स्वराजीले दाबी गरे । डा.साहलाई लक्षित गरी आक्रमण नगरिएको उनको दाबी छ । जनमत पाटीको प्राणरक्षक चिकित्सकहरूमाथि आक्रमण गर्ने नीति छैन,’ नेता स्वराजीले भने, भूलबस वा जनमतको नाममा कोही घुसपैठ भएको हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !