
प्रदेश १ मा अन्तरघात, एमाले उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।
गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जसपाको तर्फबाट गठबन्धनका उम्मेदवार थिए । शेर्पाले ४७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए । अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले जितेकी छन् । उनी भने गठबन्धनकै उम्मेदवार हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ