राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन मतदाता अनुपस्थित
बुधबार, १२ माघ २०७८, १६ : १५
प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार मतदानमा दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद अनुपस्थित भएका छन् ।
उनका अनुसार स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्य तर्फ ९१ मत खसेको छ । झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् ।
यस्तै, किर्ते कागजात मुद्दामा उच्च अदालतले दोषी ठहर गरेपछि फरार रहेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पनि मतदानमा अनुपस्थित रहिन् ।
प्रदेश १ मा राष्ट्रियसभा सदस्यको तीन सिटका लागि ८ उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी