मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मकवानपुरमा कोरोनाका १ हजार ३ सय ४५ सक्रिय संक्रमित

बुधबार, १२ माघ २०७८, १५ : ५८
बुधबार, १२ माघ २०७८

मकवानपुरमा बुधबारसम्म कोरोनाका एक हजार तीन सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

कार्यालयका अनुसार दुई सय ७८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण एक सय ७० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । 

मकवानपुरमा हिजो मंगलबार एक सय ४६ जनामा कोरोना पुष्टि हुँदा दुई सय ३६ जना संक्रमणमुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप