शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेलवेको परीक्षामा धाँधली भएको भन्दै रेलमा आगो लगाइयो

बुधबार, १२ माघ २०७८, १५ : ५८
बुधबार, १२ माघ २०७८

रेलवे रोजगारीमा कर्मचारी भर्नाको विषयलाई लिएर बिहारमा एक रेलमा आगो लगाइएको छ । आक्रोशित प्रदर्शनकारीहरूले रेल तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार पनि गरेका थिए । रेलवे स्टेसनमा प्लेटफर्मभर ढुङ्गा देख्न सकिन्थ्यो भने रेलका झ्यालहरू फुटेको समेत देख्न सकिन्थ्यो ।

जागिरका उम्मेद्वारहरुले रेलवेको कर्मचारी परीक्षामा छनौटको प्रक्रियालाई लिएर विरोध गरेका थिए । हिंसात्मक घटनाको बारेमा समाचार आएपछि रेलवेले गैर प्राविधिक लोकप्रियतर्फको र लेभल १ परीक्षा निलम्बन गर्ने निर्णय लिएको छ ।

परीक्षा पास भएका र फेल भएका सबैप्रति दुःख व्यक्त गर्दै परीक्षाको प्रक्रियाको बारेमा छानबिन गर्न एक समिति समेत गठन गरिएको बताएको छ । दुवै पक्षलाई सूचिकृत गरिएपछि समितिले रिपोर्ट रेल मन्त्रालयमा पेस गर्ने छ ।

मंगलबार रेलवेले सूचना जारी गरेको थियो जसमा तोडफोड र हिंसात्मक गतिविधिमा संलग्न जागिरका प्रत्याशीहरूहरूलाई रेलवेको भर्ना परीक्षामा समेत संलग्न नगराइने चेतावनी दिइएको छ । प्रदर्शनकारीहरू रेलवेको ट्रयाकमा बसेपछिको यस्तो घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप