लुम्बिनी प्रदेशमा राप्रपाको मत खसेन
बुधबार, १२ माघ २०७८, १५ : ५२
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको मतदान सकिएको छ। लुम्बिनी प्रदेशमा दुई जनप्रतिनिधिबाहेक सवैले मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र राप्रपाकै रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति चमारले मतदान नगरेका हुन् । राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको थियो ।
प्रदेशसभाका भने सबै ८१ सदस्यले मतदान गरेका छन् । स्थानीय तहका जनप्रतिनिधितर्फ २१५ मध्ये २ सय १३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले मतदान सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना थालिएको बताए । लुम्बिनी प्रदेशमा ३ जना राष्ट्रियसभा सदस्य पदका लागि ६ जना चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु