लुम्बिनी प्रदेशमा राप्रपाको मत खसेन
बुधबार, १२ माघ २०७८, १५ : ५२
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको मतदान सकिएको छ। लुम्बिनी प्रदेशमा दुई जनप्रतिनिधिबाहेक सवैले मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र राप्रपाकै रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति चमारले मतदान नगरेका हुन् । राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको थियो ।
प्रदेशसभाका भने सबै ८१ सदस्यले मतदान गरेका छन् । स्थानीय तहका जनप्रतिनिधितर्फ २१५ मध्ये २ सय १३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले मतदान सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना थालिएको बताए । लुम्बिनी प्रदेशमा ३ जना राष्ट्रियसभा सदस्य पदका लागि ६ जना चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण