मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा ६ जना मतदाता अनुपस्थित, मतदान सकियो
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् । बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता मध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेको उनले बताए ।
मधेश प्रदेशमा २ सिटका लागि मतदान भएको हो । जसमा महिला र अन्य तर्फ उम्मेदवार रहेका छन् । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलका अनुसार साढे ३ बजेपछि मतगणना सुरु हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?