शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारका प्रवक्ताले भने–संवैधानिक व्यवस्था अनुसार नै सबै तहको निर्वाचन हुन्छ

बुधबार, १२ माघ २०७८, २० : ३२
बुधबार, १२ माघ २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्था अनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन हुने बताएका हुन् । 

बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानमा व्यवस्था भए अनुसार सबै तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारले त्यससँग बाझिएका कानुनहरु संशोधनका लागि कानुनविद्हरुसँग छलफल गरिसकेको पनि स्मरण गराए ।  मन्त्री कार्कीले संविधानले परिकल्पना गरे अनुसार नै स्थानीय तहलाई अझ बढि प्रभावकारी बनाउने गरी अघि बढन वर्तमान सरकार प्रतिवद्ध रहेको दोहो¥याए । 

‘सरकारले संविधानमा व्यवस्था भए अनुसार स्थानीय निर्वाचनको व्यवस्था गर्नेछ । र, त्यस अनुसार स्थानीय निर्वाचन हुनेछ’, उनले भने, ‘हाम्रो संविधान र कानुनमा केही अन्तरद्वन्द्वहरु देखिएका छन् । त्यसले केही द्विविधाहरु ल्याएका छन् । यसमा केही दिन अगाडि प्रधानमन्त्रीजीकै अध्यक्षतामा बसेको पाँच दलीय उच्च राजनीतिक संयन्त्रमा कानुनविद्हरुको पनि परामर्श भएको छ । उहाँहरुले पनि संविधान र कानुनसँग बाझिएका हदसम्मका जुन व्यवस्था छ । त्यसमा संविधान नै मान्यता प्राप्त हुने स्थापित मान्यता भएको हुनाले संविधान बमोजिम कानुनलाई हामीले मिलाएर अगाडि बढाउने उहाँहरुको सल्लाह छ ।’

उनले अगाडि भने, ‘म यहाँहरुलाई सरकारको तर्फबाट स्पष्ट गर्न चाहन्छु कि हामी संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय सरकारको, प्रदेश सरकारको र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेछांै ।’

मन्त्री कार्कीले संसद अवरुद्ध नपार्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पुनः आग्रह गरे । उनले एमालेजस्तो प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसदलाई अवरुद्ध पार्न नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप