शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको ७३ औं गणतन्त्र दिवस : गुगल र माइक्रोसफ्टका सिइओ पद्म भूषणबाट सम्मानित

बुधबार, १२ माघ २०७८, १५ : १५
बुधबार, १२ माघ २०७८

भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सिइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सिइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषण पछिको भारतको तेस्रो ठूलो सम्मान हो । 

७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् । मद्रासमा १० जुन १९७२ मा जन्मिएका पिचाईले पश्चिम बंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् ।

त्यस्तै, माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सिइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो । सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप