शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीले दिइन् आधा महिनाको तलब

बुधबार, १२ माघ २०७८, १४ : ५७
बुधबार, १२ माघ २०७८

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिएकी छन् । गत बिहीवार पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन् ।

विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताइन् ।

अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भइरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड छ ।

यसअघि समाचार शीर्षकमा स्वर्गीय पत्रकार हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छः सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप