शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राज सिग्देलले ल्याए ‘उस्को याद’

बुधबार, १२ माघ २०७८, १४ : ४३
बुधबार, १२ माघ २०७८

गायक राज सिग्देलको स्वर रहेको नयाँ गीत ‘उस्को याद’ सार्वजनिक भएको छ । विनम खत्रीका शब्द रहेको गीतमा मनराज गुरुङको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको छ । 
लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेकअप र प्रेममा आएको उतारचढावपछि प्रेमीले याद गरेको बिलौना भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा अनु मगर, योकृस सुवेदी, राम (लक्की) खत्री र शिवा सुवेदी ‘गल्कोटे साइलो’को अभिनय देख्न सकिन्छ ।  

मनराज प्ल्हेमे गुरुङको निर्देशन रहेको भिडियो जापानका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो । जसको  छायांकन तथा सम्पाद विनम खत्रीले गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप