फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित
फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।
फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकारीहरुको भनाइ छ ।
यहाँका स्वास्थ्य मन्त्रीले अहिले आइसियुमा भर्ना हुने संक्रमितको संख्या भने घटेको बताएका छन् । पछिल्ला समयमा यहाँ अस्पताल भर्ना हुने विरामी पनि घटेका पाइएको हो । यहाँका अस्पतालका अघिल्लो हप्तासम्म करिब ४ हजार जना संक्रमित भर्ना भएकामा अहिले त्यसमा आधाभन्दा बढी कमी आएको छ ।
उता गएको २४ घन्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइएको छ । फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।
युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?